४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सेनाको ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु

नेपाली सेनाको ट्रकले ठक्कर दिँदा सोमबार साँझ सुर्खेतमा एकजना महिलाको मृत्यु भएको छ। नेपाली सेना नम्बर २ राजदल गणको बा१ग ३४८९ नम्बरको ट्रकले ठक्कर दिँदा वीरेन्द्रनगर नगरपालिका–१२, की ५० वर्षीया मनिकला सापकोटाको मृत्यु भएको हो ।

ट्रकले ओभर ट्याक गर्ने क्रममा मनिकलालाई ठक्कर दिएको थियो। ट्रकले ठक्कर दिएपछि उपचारका क्रममा उनको प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनापछि आक्रोसित स्थानीयले नेपाली सेनाको ट्रक तोडफोड गरेका छन्। ट्रक आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले एक राउण्ड अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ।

प्रकाशित: १४ वैशाख २०७८ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App