१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल रिपब्लिक मिडियाले आज १३औँ वार्षिकोत्सव मनाउँदै

नेपाल रिपब्लिक मिडियाले आज आफ्नो स्थापनाको १३औँ वार्षिकोत्सव मनाउँदै छ। वैशाख ११ अर्थात आजदेखि नेपाल रिपब्लिक मिडिया १२ वर्ष पुरा गरी १३औँ वर्षमा प्रवेश गरेको हो।  

सो अवसरमा नेपाल रिपब्लिक मिडियाले विशेष कार्यक्रम आयोजना गर्दै छ। मिडियाले आफ्नो १३औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मान गर्ने कार्यक्रम रहेको छ।  

यस वर्ष मुलुकमा तीव्ररुपमा कोरोना संक्रमण फैलिएकोले सिमित व्यक्तिबीच मात्र कार्यक्रम सञ्चालन हुने नागरिक परिवारले जनाएको छ। यद्यपी कार्यक्रम साँझ ५ बजेदेखि ७ बजेसम्म नागरिक न्युज नागरिक नेटवर्कको फेसबुक पेज र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने छ।

प्रकाशित: ११ वैशाख २०७८ ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App