९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सालकको खपटासहित मैतीदेवीबाट दुई पक्राउ

प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सालकको खपटा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र सोही जिल्लाका २७ वर्षीय नवराज मिजारलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले नवराज मिजारले बोकेको कालो झोलामा रहेको ४.४५ ग्राम खपटासमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७७ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App