९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

तेल खन्याएर श्रीमती जलाउन खोज्ने पक्राउ

नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ।      

घरमा बसीरहेकी श्रीमतिलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छन्। तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ। घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।      

घाइतेको किर्तिपुरस्थित किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ। आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको छ। घटना प्रकृतिअनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ। रासस      

 

 

प्रकाशित: २१ कार्तिक २०७७ १४:१३ शुक्रबार

पक्राउ