विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बिहान सुनसरीको धरानका १ र मोरङको बेलबारीका १ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुष रहेको नोवेल मेडिकल कलेज विराटनगरले जनाएको छ। शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको र शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
प्रकाशित: ७ कार्तिक २०७७ १२:५८ शुक्रबार