१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा थप एकजना कोरोना संक्रमित  महिलाको मृत्यु भएको छ। शनिबार बिहान  बिहान मृत्यु भएको हो।

विराटनगर–३ घर की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो। केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते कोरोना देखिएपछि अस्पताल भर्ना गरिएकी उनको बिहान सवा दुई बजे मृत्यु भएको हो। वृद्धलाई श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो।

मृतकमा दम र खोकीको पुरानो समस्या रहेको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए।  बिराटनगर ठेगाना लेखाएर भर्ना भएकी महिलाको घर भने झापाको दमक ७ रहेको आफन्तले जानकारी दिएका छन।

प्रकाशित: १७ आश्विन २०७७ ०४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App