काठमाडौं लयायत देशका विभिन्न भागमा भूकम्पको धक्का महसुश भएको छ। विहान ५:१९ को समयमा भूकम्पको धक्का महसुस भएको हो। खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।
पोखरा, चितवन र आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुश भएको छ। उपत्यकामा मानिसहरु घर बाहिर निस्किएका थिए।
प्रकाशित: ३० भाद्र २०७७ २३:५३ मंगलबार