४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएक छ। स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार  मोरङमा २ महिला,  भक्तपुर र  मकवानपुरमा १/१ जना महिलाको मृत्यु भएको छ। यस्तै  उदयपुर, पर्सा, धनुषा, सिराह, झापा, चितवन, कास्की र रुपन्देहीमा १/१ जना पुरुषको निधन भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण भएको छ। १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ९२७ जनामा कोरोना देखिएको हो। यो सँगै संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

 

 

 

 

प्रकाशित: १२ भाद्र २०७७ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App