४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५  महिला छन् भने ३ पुरुष छन्। ललितपुर,  बारा,  कास्की, बाँके र रुपन्देहीका १/१ जना महिलाको मृत्यु भएको छ भने काठमाडौं, पर्सा र कपिलबस्तुका १/१ पुरुषको मृत्यु भएको छ। अहिलेसम्म जम्मा १८३ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ११११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२६२९ जनाको पिसिआर परीक्षण गर्दा ११११ जनामा संक्रमण पुष्टि भएको हो।

 

प्रकाशित: ११ भाद्र २०७७ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App