७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गोरखामा भदौ १४ सम्म निषेधाज्ञा थपियो

जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आजको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । जिल्ला भित्र कोभिड १९ को संक्रमण घटेपनि काठमाडौं, चितवन, पोखरा लगायत नजिकको ठुला शहरमा जोखिम बढेकाले एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।  

यस अघि भदौ १ देखि ७ गते सम्म गरिएको निषेधाज्ञा अब भदो १४ गते सम्म लागु हुने भएको छ । बित्तिय संस्था, सरकारी कार्यालयको सार्वजनिक सेवा, यातायात, खाद्यान्न बाहेकका बजारका पसल सबै बन्द हुने प्रजिअ भट्टराईले बताए । गोरखा भित्रने नाकामा अझै कडाई गरिने र जिल्ला बाहिर गएर पुन: फर्किएकालाई होम क्वारेन्टिनमा राख्ने निर्णय पनि बैठकले गरेको छ । किसानका लागि रसायनिक मल उपलब्ध गराउन स्थानीय तहको समन्वय गरेर अघि बढ्ने उनले बताए ।

प्रकाशित: ७ भाद्र २०७७ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App