५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमितको मृत्यु

प्रादेशिक अस्पताल जनकपुरमा सोमबार कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ। धनुषाको धनौजी गाउँपालिका –३ कटैयाका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

निमोनियाबाट सिकिस्त उनी साउन ३१ गत्ते प्रादेशिक अस्पतालको आइसियुमा भर्ना भएका थिए। आसियुमा भर्ना गरिएकै दिन उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। निमोनियाबाट सिकिस्त उनको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रादेशिक कोभिड अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले बताए। उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ। यससँगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

प्रदेश २ मा संक्रमण फैलिएसँगै सिरहा बाहेकका जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी अनावश्यक हिँडडुलमा गर्न रोक लगाएको छ। सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहटमा स्थानीय प्रशासनको निषेधाज्ञा छ। सिरहामा लकडाउन गरी तोकिएकोबाहेकका सेवा संचालनमा रोक लगाइएको छ। प्रमुख जिल्ला अधिकारी प्रदीराज कँणेलको अध्यक्षतामा आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिका बैठकले जिल्लाको १७ वटै स्थानीय तहमा भदौ १ गत्तेदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाईरसको संक्रमण समुदायस्तरमा फैलिन नदिन लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए।  

संक्रमणको जोखिम बढ्दै गएपछि भूमिसुधार तथा मालपोत कार्यालय लहानले सोमबारबाट अत्यावश्यक बाहेकका काम बन्द गरेको छ। कार्यालयले सूचना प्रकाशित गरी सोमबारबाट भदौ १५ गत्तेसम्म कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै काम बन्द गरिएको जनाएको छ।

लहान नगरपालिकाले बिहान ७ बजेदेखि ९ बजेसम्म अत्यावश्यकका सेवा बस्तु संचालनको अनुमती दिएको छ। आत्यावश्यक बाहेकका सेवा संचालनमा रोक लगाइएको लहान नगरपालिका प्रमुख मुनी साहले बताए। सोमबार विहानैदेखि लहानमा लकडाउन पालना गराउन प्रहरी परिचालन भएको छ।  

 

 

 

प्रकाशित: १ भाद्र २०७७ ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App