१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काेराेना संक्रमणका कारण एकैदिन पाँच जनाकाे मृत्यु

नेपालमा कोरोना भाइरसबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । यो मृत्यु अहिलेसम्मको धेरै हो । आजमात्र मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।  मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । 

कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर–९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई ज्वरो र जण्डिसको समस्या थियो । मृत्यु भइसकेपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट आयो र मृत्युको कारण त्यही नै देखियो, अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चुमनलाल दासले बताए । मृत्यु भएका विराटनगरका पुरुषकी ३५ वर्षीया श्रीमतीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । बिरामी भएपछि उपचारका लागि कोसी अस्पताल ल्याउँदै गर्दा रंगेलीका एक पुरुषको बाटोमै मृत्यु भइसकेको, डाक्टर दासले बताए ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको बताएको थियो ।  मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेका छन्।

साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको उनले बताए । यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

प्रकाशित: २१ श्रावण २०७७ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App