१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

मंगलबार नेपालमा ७ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । हालसम्म ४ लाख ६ हजार ५ सय जनाको पिसीआर विधिबाट परीक्षण गर्दा २१ हजार ९ जनामा कोरोना संक्रमित भेटिएका छन । जसमध्ये ५८ जनाको मृत्यु भएको छ । १५ हजार २६ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षीय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते विहान कोशी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै निधन भएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन । जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर ५ मा ३ सय ३५, कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताए ।

मंगलबार ६५ जना संक्रमित उपचारपति निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ ।  मंगलबार देशभरीका क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना उपचाररत रहेका छन ।

प्रकाशित: २० श्रावण २०७७ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App