९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

३ चिकित्सक र ६ नर्ससहित थप ४६ मा संक्रमण पुष्टि

वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको बिहीवार राति आएको रिपोर्ट अनुसार यहाँ ३ जना चिकित्सकसहित थप ४६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ। वीरगन्जको विभिन्न वडामा गरिएको ‘मास टेस्टिङ्ग’सहितको रिपोर्टमा यि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

११ जना महिलासहित १८ वर्षदेखि ७५ वर्ष उमेर समूहका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पर्सा जिल्लामात्र नभई यसमा बारा र रौतहटका बासिन्दाहरु रहे पनि यि सबै विभिन्न पेसा ब्यवसायले गर्दा वीरगन्जमै बसोबास  गर्नेहरु हुन्। संक्रमितहरुमा नारायणी अस्प्तालका ४४ र ४० वर्षका दुई जना अर्थोपेडिसियन र एक जना ३६ वर्षीय डाक्टरसहित तीन जनाचिकित्सक पनि छन्। तीनै जना पुरुष हुन। त्यसैगरी यहाँस्थित नारायणी अस्पताल र एडभान्स मेडिकेयर हस्पिटलका ६ जना स्टाफ नर्सहरु पनि संक्रमित भएका छन्।  

नारायणी अस्पतालमै डायायलोसिस गराउने मृगौला रोगीहरु पर्सा पोखरीयाकी ७५ वर्षीया महिला, बाराको निजगढ घर भएका  ६५ वर्षिय पुरुष र बारा जितपुरका २४ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसतै वीरगन्ज पथलैया करिडोरका बेग्लाबेग्लै उद्योगमा कार्यरत चार जना कामदारहरुमा पनि कोरोना पुष्टि भएको छ। यिसहित ४६ मा कारोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।  

नगरप्रमुख सरावगी पनि संक्रमित

बीरगन्ज महानगरपालिकाका प्रमुख बिजयकुमार सरावगीमा पनि कोरोना भाइरसको संक्रमण पाजेटिभ देखिएको उनले समाजिक संजालमा बताएका छन्। काठमाण्डौ गएका नगरप्रमुख सरावगीले शंका लागेर पिसीआर परिक्षण गराउदा कोरोना पोजेटिभ देखिएको उनका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले बताए। अहिले काठमाडौंस्थित आफ्नो निवासमा उनी होम आइसुलेशनमा बसेको द्विवेदीले बताए। आफू कोरोनाको संक्रमणमा परेर आइसोलेसनमा बस्नु परको सरावगीले जनाएका छन्।

‘वीरगंजलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परीक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ।सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु,’ उनले समाजिक संजालमा लेखेका छन्, ‘म अहिले उपचार गराउदै छुँ। मेरो स्वास्थ्य अवस्था समान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्ने छँ।’

प्रकाशित: १६ श्रावण २०७७ ०५:३५ शुक्रबार

संक्रमण पुष्टि