४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अग्नी पीडितलाई खोटाङ कुबेत सम्पर्क मञ्चको सहयोग

खोटाङ कुबेत सम्पर्क मञ्चले पठाएको रकम अग्नी पीडितलाई हस्तान्तरण गर्दै जिल्ला विकास समितिका पूर्वसभापति एबं कांग्रेस नेता बिष्णुकुमार राई लगायत । तस्बिर : नागरिक

खोटाङ कुबेत सम्पर्क मञ्चले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका अग्नी पीडित गोबिन्द कट्वाललाई आर्थिक सहयोग गरेको छ । गत साउन ७ गते विद्युत सर्ट हुँदा सुरु भएको आगोलागीबाट विस्थापित भएका कट्वाल परिवारलाई मञ्चले २१ हजार सहयोग प्रदान गरेको हो ।

जिल्ला विकास समितिका पूर्वसभापति एबं कांग्रेस नेता बिष्णुकुमार राई र कांग्रेस जिल्ला सदस्य प्रकाश श्रेष्ठमार्फत अग्नी पीडितलाई बुधबार राहत रकम हस्तान्तरण गरिएको खोटाङ कुबेत सम्पर्क मञ्चका संस्थापक मञ्जित चाम्लिङ राईले जानकारी दिए । आगलागीबाट बिस्थापित परिवारको चोटमा मल्हमपट्टी लगाउन सहानुभुती स्वरुप सहयोग रकम पठाइएको मञ्चले जनाएको छ । ‘भाषा अनि संस्कृतिमा विविधता, विकास निर्माणमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारासहित स्थापना भएको सम्पर्क मञ्चले विभिन्न सामाजिक काम गर्दै आएको छ ।

आगलागीबाट कट्वालको करिब ४० लाख बराबरको क्षति भएको थियो । अग्नि पीडित परिवार हाल पालको छाना टाँगेर कष्टपूर्ण तरिकाले बसिरहेका छन् । अग्नी पीडित कट्वाललाई यसअघि खोटाङ यातायात प्रालिले १ लाख २६ हजार ८ सय ८५ रुपैयाँ, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार, प्रदेशसभा सांसद रामकुमार राई पासाङले पाँच हजार सहयोग गरेका थिए । यस्तै, नगरपालिका र रेडक्रसबाट समेत अग्नी पीडितलाई राहत प्रदान गरिएको थियो ।

प्रकाशित: १४ श्रावण २०७७ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App