२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बाढीपहिरोः रुकुम पश्चिममा दुई बेपत्ता, पाँच घुम्ती बगायो

सोमबार राति परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कतै घर बगाएको छ  भने कतै सडक अवरुद्ध बनेका छन्। रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–९, हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा दुईजना बेपत्ता भएका छन्।  

उनको घर करिब २५ मिटर तल पहिरोले बगाएको छ। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै सोमबार राति आएको वर्षाका कारण रुकुम पश्चिममा पाँचवटा घुम्ती पहिरोले बगाएको छ। बाँफिकोट गाउँपालिका–४, स्थित स्यार्पू दह जाने सडक खण्डमा भएका उक्त घुम्तीहरू पहिरोले बगाएको हो।

४ नम्बर वडाका सौगात विक, डिलबहादुर परियार, विनोद शाही, शेरबहादुर विक र दलबहादुर विकको घुम्ती पहिरोले बगाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार सौगातको तीन लाख ५० हजार, डिलबहादुरको दुई लाख, विनोदको ३० हजार, शेरबहादुरको तीन लाख र दलबहादुर एक लाख रूपैयाँ बराबरका सामान पहिरोले बगाएको छ।  

डिलबहादुर परियार, वुद्धि केसी र जनक विकको घर उक्त पहिरोको कारण उच्च जोखिममा रहेको छ। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।  

कालीकोट रास्कोट–१, मुर्मास्थित टप्केबगरमा टेक टमाटाको घरमा माथिबाट पहिरो खसेको छ। मंगलबार बिहान आएको पहिरोमा परिमा उनकी छोरी १८ वर्षीया यशुदा र पाहुना आएकी ८० वर्षीया मैतडा टमाटा घाइते भएकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बास्तोलाले जानकारी दिए। उनका अनुसार कालीकोटकै सानीत्रिवेणी–७ बस्ने महावीर शाहीको घरमा पनि पहिरो खसेको छ। घरमा पहिरो खस्दा उनकी १६ वर्षीया छोरी केसपुरा शाही घरमा पुरिएकी छिन्। उनको उद्दार कार्य भइरहेको प्रहरीले जनाएका छ।

ठाउँठाउँमा पहिरो आएको र बाटो बन्द भएकाले थप जानकारी संकलन भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  

 

 

प्रकाशित: १३ श्रावण २०७७ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App