११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागी पीडितलाई सहयोग रकम जुट्दै

यातायात व्यवसायी एवं कर्मचारीले उपलब्ध गराएको रकम अग्नी पिडितलाई हस्तान्तरण गर्दै मेयर दिपनारायण रिजाल । तस्बिर : नागरिक

खोटाङका यातायात व्यवसायीले अग्नी पीडित यातायात व्यवसायीलाई आर्थिक सहयोग गरेका छन्। खोटाङ यातायात प्रालिमा आवद्ध यातायात व्यवसायी एवं कर्मचारीले आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई आर्थिक सहयोग गरेको हो । 

गत साउन ७ गते विद्युत सर्ट हुँदा भएको आगलागीका कारण विस्थापित भएका कट्वाललाई राहत स्वरुप एक लाख २६ हजार ८८५ रुपैयाँ प्रदान गरिएको खोटाङ यातायात प्रालिले जनाएको छ । सहयोग रकम सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले अग्नीपीडित कट्वालाई हस्तान्तरण गरेका छन् । अग्नी पीडित कट्वाल खोटाङ यातायात प्रालिका कोषाध्यक्ष हुन् ।  

आगलागीबाट कट्वालको करिब ४० लाख बराबरको क्षति भएको थियो । अग्नि पीडित परिवार हाल पालको छाना हालेर कष्टपुर्ण तरिकाले बसिरहेका छन्। कट्वाललाई यसअघि खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार र प्रदेशसभा सांसद रामकुमार राई पासाङले पाँच हजार सहयोग गरेका थिए । यस्तै, नगरपालिका र रेडक्रसबाट समेत अग्नी पीडितलाई राहत प्रदान गरिएको थियो ।

प्रकाशित: १२ श्रावण २०७७ १२:२३ सोमबार

सहयोग आगलागी पिडित