२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोले च्यापिएर एक जनाको ज्यान गयो

पहिरोले घर पुरिँदा गोरखाको गण्डकी गाउँपालिका ४ फुजेलकी ३६ वर्षिय लक्ष्मी गुरुङको ज्यान गएको छ। अविरल वर्षात सँगै सोमवार दिउँसो पहिरो जाँदा बाख्राको खोर भत्किएको र बाख्रालाई घाँस हाल्न गएकी महिला पुरिएको प्रहरीले जनाएको छ। खोरमा रहेको आठवटा बाख्रा समेत पुरिएका छन्। घटनास्थलतर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए।  

अजिरकोट गाउँपालिका ४ माउसुली पाखामा रामबहादुर मगरको घर पहिरोले पुरेको छ भने बारपाक सुलिकोट गाउँपालिका ४ का कामी गुरुङ र बिसन गुरुङको घर पहिरोले बगेको छ। वर्षातका कारण पहिरोले सोमबार बिहानदेखि अवरुद्ध गोरखा –खैरेनी सडकमा अहिले पनि पहिरो खसिरहेको छ। सडक एकतर्फी सुचारु भएपनि अझै नियमित हुन नसकेको डिएसपी खतिवडाले बताए। गोरखा नगरपालिका वडा नम्बर ९ टक्सारमा ६ घर जोखिममा रहेको स्थानीय राजकुमार पुलामी मगरले बताए। ‘घरमा भएको खाद्यान्न भाँडाकुँडा अन्यत्र सार्न थालिएको छ’ उनले भने।  

 

 

प्रकाशित: ५ श्रावण २०७७ १०:११ सोमबार

पहिरो