७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना संक्रमित भेटिएपछि लिवाङमा लकडाउन

रोल्पा नगरपालिका वडा न. ४ गुरुङगाउँ र वडा न. १० धवाङमा शुक्रवार १३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि धवाङ र गुरुङगाउँलाई शनिबार दिउँसो १२ बजेदेखि अर्को सूचना नभए सम्मका लागि सिल गरिएको छ। गुरुङगाउँमा भेटिएका संक्रमित पिसिआर रिर्पोट नआउँदै लिवाङ बजार लगायतका क्षेत्रमा खुला रुपमा हिडडुल गरेको जानकारी आएको भन्दै संक्रमण थप फैलिन नदिन धवाङ र गुरुङगाउँ सिल गरिएको हो।

जिल्ला स्तरिय बिपद ब्यबस्थापन समितिले रोल्पा नगरपालिकाको बजार क्षेत्रलाई आईतबार साझ ६ बजे देखि पूर्ण रुपमा लकडाउन गरेको छ। लकडाउन गरिएपछि सोमबार बिहानैदेखि बजार ठप्प छ। स्थानीयहरु घरबाट बाहिर निस्केका छैनन्। यतिबेला सदरमुकामबासि त्रासमा छन्। संक्रमण पुष्टि भएका ब्यक्तिहरुसंगको सम्पर्कमा रहेकाहरुको पहिचान गरि उनिहरुको पिसिआर परीक्षण गर्ने निर्णय समेत गरिएको छ। उनिहरु सबैको पिसिआर रिपोर्ट नआउँदासम्म लकडाउन यथाबत रहने छ। लकडाउन अबधिभर सरकारी कार्यालय तथा बैङ्किङ क्षेत्र सबैमा सेवा प्रवाहसमेत बन्द गरिने छ।

पछिल्लो समय रोल्पामा १४ दिन क्वारेन्टाईन बसेकालाई पिसिआर परीक्षण बिना घर पठाईएको छ भने संक्रमितहरुलाई पनि १४ दिनको आईसोलेशन बसाई पछि परीक्षण नगरेरै घर पठाईने गरेको छ। अहिलेसम्म १२ हजार ४२ जनालाई क्वारेन्टिनबाट घर पठाईएकोमा १ हजार ५ सय २७ जनाको मात्र पिसिआर परीक्षण गरिएको छ। ७० जना संक्रमित पुष्टि भएको रोल्पामा ४७ जना निको भएर घर गएको जिल्ला प्रसाशन कार्यालयको तथ्याङ्कले देखाउँछ।  

केहि समय अलि खुकुलो बनेको लकडाउनमा कडाई गरिएपछि स्थानीयहरु दिक्क बनेका छन्। सरकारले गतिलोसँग संक्रमितको ब्यबस्थापन र बाहिरबाट आउनेलाई सुरक्षित तरीकाले नराखेको भन्दै उनिहरु आक्रोसित समेत बनेका छन्। उता स्थानीय तहका जनप्रतिनिधिहरु सरकारले पिसिआर परीक्षण नगरेको गुनासो गर्छन। केन्द्र र प्रदेश सरकारले कोरोना ब्यबस्थापनमा चासो नदिएको तल्लो तहका जनप्रतिनिधिको आरोप छ।

रोल्पा सदरमुकाम लिवाङ।

 

प्रकाशित: ५ श्रावण २०७७ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App