१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३९ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी दाईको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए । उनको दाई पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।  

भारतबाट फर्किएपछि स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा रहेकै अवस्थामा स्वस्थ्यमा समस्या आएको थियो । असार २९ गते स्वास प्रस्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिुएको थियो । सोही दिन नमुना संकलन गरी हेटौडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको बुधबार दिउँसो निधन भएको हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । 

प्रकाशित: ३१ असार २०७७ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App