२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

टिपर र सेनाको गाडी ठोक्कियो, ५ घाईते

टिपरले ठक्कर दिएको सेनाको गाडी । तस्बिर सौजन्य : सुरेन लामिछाने

बाह्रकिलो–गोरखा सडक खण्ड अन्तर्गत पन्ध्र किलोमा आज टिपर र नेपाली सेना रणसिंह दल गणको गाडी ठोक्किँदा ५ जना घाईते भएका छन् । बाह्रकिलोबाट गोरखा जाँदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको निसान जिपलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपले ठक्कर दिँदा नेपाली सेनाका पाँच जना जवान घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

घाईतेहरुको गोरखा अस्पतालमा उपचार भईरहको एसपी सुरेन्द्र गुरुङले बताए । टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रकाशित: १७ असार २०७७ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App