१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

२७ दिन भारतको जेल बसेर नेपाली फिर्ता

कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि भारतमा लकडाउन उल्लंघन गरेको आरोपमा २७ दिन जेल बसेका जिल्लाको सुनसरी कोशी गाउँपालिकाका १८ जना नेपाली स्वदेश फर्कीएका छन्। भारतको दिल्लीस्थित तबलीगी सभाबाट फर्किदै गरेका नेपाली जमाती समूह विरुद्ध अदालतमा मुद्दा दायर भएपछि प्रतीव्यक्ति एक हजार रूपैयाँ धरौटी बुझाएर उनीहरू स्वदेश फर्कीएका हुन।  

लकडाउन उल्लंघन गरेको आरोपमा उत्तर प्रदेशको बागपत जिल्लास्थित खेकडा जेलमा बन्दी बनाएर राखिएको थियो। भारतमा बन्दी बनेको खबर गाउँपालिकामा आएपछि गाँउपालिकाले परराष्ट्र मन्त्रालय र दुतावासलाई आग्रह गरेपछि धरौटीमा छुटेको बताइएको छ।  

अदालतले छोड्न आदेश दिएपछि नेपाल फर्र्किएका सबैलाई कोशी गाउँपालिका–४ मा रहेकोमा क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष अयुव अनसारीले बताए। उनीहरू सबै गाँउपालिकाबाट धार्मिक सभामा सहभागी हुन गत मार्चमा दिल्ली पुगेका थिए। भारत प्रशासनले उनीहरूलाई बालेनीमा ५२ दिन क्वारेन्टाइनमा राखेको थियो।  

क्वारेन्टाइनबाट नेपाली भएकै कारण निकालिएका उनीहरूलाई मे २१ तारिकमा बागपतको जंगलबाट नियन्त्रणमा लिएर हिरासतमा राखिएको थियो। अहिले गाउँपालिकाले क्वारेन्टाइनमा राखेका १८ जनाकै केही दिनभित्र कोरोना परिक्षण गरेर घर फर्काउने तयारी रहेको अध्यक्ष अयुवले बताए।

प्रकाशित: १० असार २०७७ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App