१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पर्यटकीय केन्द्रलाई भारतको तर्फ पार्ने दाउ

पाँचथरको फालेलुङ गाउँपालिका–६ आहाल । तस्बिर : गिरिराज/नागरिक

पाँचथरको फालेलुङ गाउँपालिका–६ को आहाल भन्ने ठाँउमा संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मी अवरोध गरेपछि स्थलगत अनुमन गर्ने गरी बनाईएको टोलीले नेपाल तर्फको पर्यटकीक पूर्वाधार भारतर्फ पार्न खोजीएको निष्कर्ष निकालेको छ । टोलीले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार उक्त क्षेत्रका स्थानीयबासीलाई अनुश्चित रुपमा मानसिक दबाव दिने गरेको समेत उलेख्ख छ ।

आहाल क्षेत्रको स्थलगत अध्ययन गरेको टोलीलले नेपाल तर्फको पर्यटकीय भूमि भारतर्फ बनाउन खोजेको निष्र्कष निकालेको हो । नेपाल तर्फको भूभागमा निर्माण गर्न खोजीएको भवनलाई भारतीय सीमा सुरक्षा वलले माथिको आदेश भन्दै रोकेको टोलीको प्रतिवदेनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ ‘ भारतको सीमा पूर्व भारत सरकारले संरक्षित क्षेत्र बनाएको सिंहलिला नेशनल पार्क रहको कारण कुनै सार्वजनिक निर्माण कार्यगर्न प्रतिवन्ध लगाएकाले  र उक्त पर्यटकीय केन्द्रलाई (आहाल) आफ्नो पक्षमा पार्ने महत्वकाक्षा अनुरुप भारतीय सुरक्षाबलले सहायक पिलर निर्माण गरी सिमानालाई ड्ब्लु आकारको सीमा रेखाको ब्याख्याको आधारमा विवाद सृजना गरेको बुझियो ।’  

भारतीय सीमा सुरक्षाकर्मी (एसएसबि)ले आफूखुसी पिलर गाडेर नेपाली भुमि भारतर्फ देखाउन खोजेको उल्लेख गरिएको छ । ‘नम्बर पनि केहि उल्लेख नभएको पिलर जस्तो गरी लगाइएको पाईएको छ । एसएसविले पिलर खडा गरी नेपाल तर्फको भूमि भारतको भानेर दाबी गरेको पाईयो । भारत तर्फ नेशनल पार्क भएकाले नयाँ पूर्वाधार नभएको र नेपाल तर्फ पर्यटकीक पूर्वाधार बन्दा आम्दानी नेपाल तर्फ हुने भयका कारण सिमानामा निर्माणको काम गर्न नदिएको देखिन्छ’ टोलीका संयोजक तथा पाँचथरका साहयक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानले भने ‘नेपाल तर्फ पूर्वाधार बने पर्यटक यतै बस्ने हिसाबले यस किसिमको व्यवहार गरेको देखिन्छ ।’

आफूखुसी साहयक पिलर निर्माण गरेर नेपालको नक्सालाई फरक पार्न खोजेको बताईन्छ । स्थानीयलाई भारतीय सुरक्षाकर्मीले यहाँका बासिन्दालाई आधार कार्ड, रासन कार्ड बनाईने दिने प्रलोभन दिएर अनुचित मानसिक दबाव दिने गरेको प्रतिवेदनमा उल्लेख छ ।  

हिमाली दृष्य, सुर्योदय, सुर्यअस्तको दृष्य देखिने उत्कृष्ट गन्तव्य भएकोले भारतीय सुरक्षकर्मीले आँखा लगाएको देखिन्छ । वन डिभिजन कार्यालय पाँचथर मार्फत आएको दश लाख रुपैयाँ बजेट मार्फत आहाल कवुलियती बन समूहले संग्रालय भवन बनाउने काम अघि बढाएपछि बैशाख–२७ गते भारतीय सुरक्षाकर्मीले रोकेका थिए ।  

भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि विरोध भएको थियो । अहिले भवन निर्माणको काम रोकिएको छ । एसएसविले रोकेपछि काम अघि बढ्न नसकेको बन समुहका अध्यक्ष नरबहादुर खपाङ्गीले जानकारी दिए । नेपालकै भुमिमा पनि निर्माणको काम गर्न नपाउनु दुखत भएको उनको भनाई छ ।

फालेलुङ गाउँपालिकाले समस्या समाधानकालागि लिखित पत्र दिएपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले स्थलगत अनुगमनका लागि टोली बनाएको थियो । साहयक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेको संयोकत्वमा बनाइएको टोलीमा नापी अधिकृत जयराम तामाङ, साहयक वन अधिकृत राजकुमार खत्री, मालपोत कार्यालयका प्रमुख बाबुराम पोखरल, नेपाल प्रहरीका निरीक्षक डम्बर बिस र शसस्त्र प्रहरी निरीक्षक एनीकुमार तामाङ सदस्य रहेका थिए । स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि नापीको विशेषज्ञ टोली आउने तयारी भएको साहयक प्रजिअ न्यौपानेले जानकारी दिए ।

टोलीलले दुबै देशको उच्च स्तरबाट उक्त स्थानमा देखिएको सीमा विवाद समाधान गर्नु पर्ने सुझाव दिएको छ । तत्काल सीमा सुरक्षापोष्ट स्थापना गर्नु आवश्यक रहेको, पर्यटकीय पूर्वाधारको निर्माण गरीनुपर्ने लगायतका सुझाव दिएको छ ।  

 

 

 

 

प्रकाशित: ९ असार २०७७ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App