१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कपिलवस्तु कारागारको सुरक्षाको जिम्मा सेनालाई

कपिलवस्तु कारागारमा सोमबारदेखि नेपाली सेना खटिएका छन् । कार्यालयको बाहय सुरक्षा जिम्मा दिने गरी सेना खटिएका हुन । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कारागारको सुरक्षाको जिम्मा सेनालाई दिईएको हो । यसअघि सशस्त्र प्रहरीले कारागारको बाह्य र नेपाल पैहरीले आन्तरिक सुरक्षा दिने गरेको थियो ।  

सरकारले कोरोना भाईरसका कारण सशस्त्र प्रहरीलाई सीमा सुरक्षा तथा बिभिन्न आयोजनामा खटाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार नेपाली सेनाको नारायण दल कारागार सुरक्षा गुल्मको ४० जनाको टोली कारगारमामा परिचालन भएको जेलर राकेशकुमार पाण्डेयले बताए । नारायण दल गणका सेनानी ईश्वरी प्रसाद पाण्डेको कमान्डमा सेना परिचालन भएको  हो ।

यस अघि कृष्णगनर र मर्यादपुरमा रहेको होल्डीङ सेन्टरमा समेत सेना खटाइएको छ । दूई ब्लक रहेका कारागारमा ४ सय २८ जना थुनुवा, कैदी बन्दीहरु रहेका छन् ।

प्रकाशित: १ असार २०७७ १३:४५ सोमबार

कपिलवस्तु कारागार सुरक्षाको जिम्मा सेना