१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फेरि सुरु भयो ढलबाट मानिस मर्ने क्रम

बर्षायामसँंगै ढलमा खसेर अनाहकमा मानिसको ज्यान जाने क्रम प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सुरु भएको छ । बुधबार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवी घलाँंटेमा ढलमा खसेर एक जना मानिस बेपत्ता भएका छन् । ५७ वर्षीय ट्रक चालक नरबहादुर राउत ढलमा खसेर बेपत्ता भएका हुन् ।  

बुधबार साँंझको भीषण बर्षासँंगै राजमार्ग खण्ड नै नदेखिने गरी सडकभरि खोला जस्तै पानी थियो । त्यस क्रममा राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीबाट सूर्यविनायकतिर सिमेन्ट अनलोड (छोडेर) गरी आएको एउटा ट्रक सूर्यविनायतिर फर्किरहेको थियो । ट्रक फर्कने क्रममा घटनास्थल नजिकैको सडक छेउमा एउटा मोटरसाइकल पार्किगमा राखिएको थियो । घटना विवरण अनुसार पार्किग गरिराखेको मोटरसाइकललाई ट्रकका सहचालकले ट्रकबाट ओर्लेर अलि अगाडि दोहर्‍याएका थिए ।

 प्रत्यक्षदर्शीका अनुसार त्यही क्रममा गाडीका चालक बेपत्ता राउत पनि ट्रकबाट तल झरेर सडकको अवस्था बुझेका थिए । यही क्रममा एउटा ठाउँंबाट पानी प्वालबाट तल खसिरहेको उनले देखेका थिए । यसपछि त्यो खाल्डोमा ट्रक फस्ला कि भनेर उनले खाल्डो कति गहिरो होला भन्दै खुटा हालेका थिए । यही क्रममा हुटिएर उनी ढलमा खसेका थिए ।  

प्रत्यक्षदर्शी बैकण्ठ सुवालका अनुसार त्यसपछि उनले दुई तीन पटक हातमाथि उठाएका थिए । यसपछि मोटरसाइकलबाट आइरहेका दुई युवाले उनको हात समातेर तान्न खोजेका थिए । तर खोला जस्तै अत्याधिक बेगबाट आएको पानीमा उनीहरुले तान्न सकेनन् । त्यपसछि त्यो ढलको प्वालबाट पाँंच मिटरकै दुरीमा रहेको म्यानुलमा स्लाब खोली राउतलाई रोक्न खोजेका थिए । तर सफल हुन सकेन ।  

घटनापछि त्यहाँं डोजर, क्रेन, अरुण सैंजूको रेश्यु टोलीसमेत पुगेर उद्धारको प्रयास गरिएको थियो । तर कहीकतै उनी भेटिएनन् । स्थानीयका अनसार ढल ठूलो भएकोले खोलामै पुगेर त्यो मानिस खोलैखोलाबाट अन्त पुगेको हुनुपर्छ । ढलको निकासको रुपमा रहेको हनुमन्ते खोला घटनास्थलको ढलबाट करिव तीन चार सय मिटर उतरमा छ । खोलामा ठूलो बाढी पनि आइरहेको थियो ।  

महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरका प्रमुख ट्राफिक सुमन न्यौपानेले बेपता राउतको खोजी कार्य जारी रहेको जनाए । उनका अनुसार ट्रक मुख्यबाट नभई सर्भिस ट्याकबाट आइरहेको थियो । सर्भिस ट्याक नै नदेखिने गरी सडकमा वाढी आइरहँंदा मिनहोल (प्वाल) बाट पानी तल झरिरहको देखेपछि ट्रक चालक रावत गाडी फस्ला कि भनेर हेर्न पुगेका थिए । यही क्रममा उनी ढलभित्र पुगेर बगेको जनाइएको छ । 

प्रकाशित: २८ जेष्ठ २०७७ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App