११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनमा प्रयोग हुने जीपको रिजर्भ दर निर्धारण

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा सहभागीहरु । तस्बिर : नागरिक

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनकाक्रममा उपयोग हुने जीपको रिजर्भ दर निर्धारण गरेको छ । लकडाउनकाक्रममा जिल्लाका बिरामीलाई काठ्माण्डौं, बिराटनगर लगायतका अस्पतालमा पुर्‍याउने, ल्याउने तथा अत्यावश्यक कामका लागि यात्रा गर्नेक्रममा प्रयोग गरिने हलुका सवारी साधनले चर्को भाडा लिने गरेको गुनासो आएपछि समितिको मंगलबार बसेको बैठकले रिजर्भ दर निर्धारण गरेको हो । बैठकले दिक्तेल–बिराटनगरका लागि २० हजार र दिक्तेल–काठमाडौंका लागि १८ हजार रिजर्भ दर तोकेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।  

जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले कम्तीमा दुई वटा जीपलाई कोभिडमैत्री बनाउने निर्णय गरेको छ । सवारी साधनलाई कोभिडमैत्री बनाउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई आवश्यक सामग्री उपलव्ध गराउन, गोरखनाथ गण मुढे व्यारेकलाई निर्माणका लागि र खोटाङ यातायात प्रालिलाई संयोजनका लागि आग्रह गर्ने निर्णय गरिएको छ । विरामीलाई अस्पतालसम्म लैजान वा अत्यावश्यकीय काममा तिनै कोभिडमैत्री जीपलाई प्राथमिकता दिइने समितिका संयोजक चाम्लिङले बताए । यस्तै, जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकमार्फत जिल्लामै कोभिड–१९ परिक्षण गर्ने ल्यावको व्यवस्था गर्नका लागि सबै स्थानीय तहसँग समन्वय गर्ने तथा संघ र प्रदेशलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरिएको छ ।  

बैठकले हाल सञ्चालन भइरहेका विकास निर्माण एबं कार्यक्रमसँग सम्वन्धित प्राविधिक एबं दक्ष जनशक्तीलाई सम्वन्धित स्थानीय तहको सिफारिसमा सकेसम्म पिसिआर नभए पनि अनिवार्य आरडिटि गरेर मात्र जिल्ला भित्र्याउने निर्णय गरेको चाम्लिङले बताए । यस्तै, जिल्लामा सञ्चालित बैंकहरुलाई केन्द्रीय कार्यालयको निति अनुशार सेवा प्रवाहका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । 

प्रकाशित: २१ जेष्ठ २०७७ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App