१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गहुँ बाली उठाउने क्रममा लडेर एक जनाको मृत्यु

इटहरी- कोरोना भाइरसको प्रकोपपछि अहिले देश लकडाउनमा छ। लकडाउन भएपनि ग्रामीण क्षेत्रका किसानले बाली लगाउने र उठाउने काम निर्वाध रुपमा गर्दै आएका छन्। सरकारले पनि कोरोना रोकथामका लागि उपाय अप्नाएर काम गर्न दिने भनेको छ। यसैक्रममा गहुँ बाली थन्काउने क्रममा बैलगाडा लिएर खेत जादा सुनसरीमा आइतबार साँझ एक जनाको लडेर मृत्यु भएको छ।

कोशी गाउँपालिका वडा नं. २ का ४८ वर्षीय शिवु यादवको मृत्यु भएको हो। बैलगाडा चलाएर गहुँ लिन खेतमा गएको बेला नहरको खाल्डोमा गाडा पसेर लड्दा यादव घाइते भएका थिए। घाइते उनको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।

यसैबीच, कोशी गाउँपालिका वडा नं. ७ का यादवटोलका ३६ वर्षे सूर्जानारायण यादवलाई उनका भतिजाले कुटपिट गरेका छन्। सूर्जाको ब्राखा फुकेर दाजु महेन्द्रको बारीमा जादा भतिजाहरु राजेश र अशोकले सूर्जालाई कुटपिट गरेका हुन्। कुटपिटबाट सूर्जाको टाउँकोमा चोट लागेको छ। कुटपिट गर्ने दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २४ चैत्र २०७६ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App