४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चार लाखको औषधि ७ लाख २५ हजारमा हेलिकप्टर चार्टर गरि गाउँपालिका पुर्‍याइयो

काठमाडौबाट ७ लाख २५ हजारमा चार्टर गरेर ल्याइएको ४ लाख बराबरको कोरोना नियन्त्रण पूर्व तयारी औषधिसहित उपकरण र हेलिकप्टर ।

डोल्पा- लकडाउनको कारण गाउँपालिकामा औषधि अभाव भएपछि डोल्पाको एक गाउँपालिकाले हेलिकप्टर चार्टर गरि औषधि ल्याएको छ। जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकाले काठमाडौबाट हेलिकप्टर चार्टर गरि कोरोना नियन्त्रणको लागिको आवश्यक पर्ने औषधि र केही उपकरणहरु ल्याएको हो।

चार लाख बराबरको औषधि हेलीकप्टरबाट शे–फोक्सुण्डो गाउँपालिकाले बिहीबार गापा केन्द्र साल्दाङ पुर्‍याइएको स्वास्थ्य इन्चार्ज अहेव निमादार्के गुरुङले जानकारी दिए।

मास्क, सेनिटाइजर, साबुन, क्वारेन्टाइन निर्माणको लागि ब्लाङकेट लगायत स्वास्थ्य चौकीका लागि चाहिने अन्य औषधि र अक्सीजन कन्सनटेटर गरि ३ क्वीन्टल भन्दा धेरै औषधि र उपकरण ल्याइएको गाउँपालिकाले जनाएको छ।
७ लाख पच्चिस हजारमा हेलीकप्टर चार्टर गरेर स्थानीयको लागि कोरोना भाइरसबाट बच्न पूर्व तयारीका लागि औषधि र सामग्रीहरु लगेको गाउँपालिका अध्यक्ष टासिटुण्डुप गुरुङले बताए।

शे–फोक्सुण्डो गाँउपालिका भौगोलिक रुपमा सबैभन्दा ठूलो गाँउपालिका हो। चिनको तिब्बतसँग सीमा जोडिएको जिल्ला भएको कारण पनि नागरिक सचेत गराउनका लागि पूर्व तयारीका लागि हेलिकप्टरबाटै औषधि र सामग्रीहरु लगेको गाउँपालिका अध्यक्ष गुरुङले नागरिकलाई बताए ।

यति बेला चिनको तिब्बततर्फको नाका हिउँले शिल गरेपछि तिब्बतबाट भन्दा पनि शहरबाट आउने मानिसहरुबाट खतरा बढि रहेकोले तत्तकाल क्वारेन्टाइन निर्माण गर्ने र नागरिकलाई सचेत गराउने अत्यावश्यक रहेकोले आफूहरु लागि परि रहेको स्वास्थ्य इन्चार्ज निमादार्के गुरुङको भनाई छ।

 

प्रकाशित: २० चैत्र २०७६ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App