१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जिल्ला अस्पतालका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा

डोल्पा- जिल्ला अस्पताल डोल्पाका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्य सेवा प्रमुखलाई थुनामा राख्न खोजेको भन्दै सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।

जिल्ला विपद् व्यवस्थापनको बैठकमा छलफलकै क्रममा स्वास्थ्य सेवा प्रमुखलाई प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले कामबाट पन्छीन खोजेको भन्दै हिरासतमा राख्न भनेपछि स्वास्थ्यका कार्मचारी आन्दोलनमा उत्रिएका छन्।

जिल्ला प्रशासनको नेतृत्वमा सदरमुकाममा थप क्यारेन्टाइन र कम्तीमा पनि ३० शैयाको विशेष व्यवस्थापनसहितको आइसोलेसन निर्माण गर्न कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका थिए।

सोहि अनुसार व्यवस्थापनको लागि बसेको विपद् व्यवस्थापन समितिको बैठकमा स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले काम गर्न सक्दैन र मलाई कारबाही गरे हुन्छ भन्दै बाहिरिएपछि आफूले कारबाही गर्नको लागि आदेश दिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए।

प्रजिअ सुनारले भने स्वास्थ्य सेवा प्रमुखले यतिबेलाको संकटको घडिमा काम गर्न सक्दैन भनेर पन्छीन पाउदैन। एक जिम्मेवार कर्मचारीले गैरजिम्मेवार कुरा गर्न पाउदैन जिल्लाका नागरिकको हित बिपरित काम गरेकोले कारबाही हुन्छ।

अहिले दुई बेडको आइसोलेसन कक्ष छ तर बिजोग छ बारम्बर स्वास्थ्य सेवाका विषयमा कुरा गर्दा बिभिन्न बहानामा पन्छीने गरेको र अहिले गैरजिम्मेवार कुरा गरेकोले कारबाही गर्ने भनेकै हो कारबाही हुन्छ प्रजिअ सुनारले ठोकुवा गरे।

तर यता स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले भने आइसोलेसनको सबै बव्यवस्थापन आफूलाई गर्नुपर्ने भनेर भनेपछि आफूले त्यो काम सबै गर्न नसक्ने भनेको बताए। रावलले भने घर बव्यवस्थापनदेखि अन्य सबैकुरा हामीलाई गर्नुपर्छ भनेपछि ति सबै काम हामी एक्लै सक्दैनौ भनेको हो। यसरी प्रशासन र स्थानीय तहको सहयोग बिना काम गर्न नसक्ने भन्दै सबै कर्मचारी आन्दोलनमा उत्रिएको बताए।

स्वास्थ्य सेवा प्रमुखलाई किन थुनामा राखियो हामीले ज्यानको बाजि लगाएर काम गरेका छौ उल्टै स्वास्थ्यकर्मीमाथि कारबाही डाक्टर मात्रै नथुनेर सिँगो स्वास्थ्य सेवा कार्यालय नै थुनीएको भन्दै आफूहरु आपतकालिन कक्ष बाहेक अन्य सबै फाट बन्द गरेर आन्दोलनमा आएको डाक्टर मेलिना हमालले बताइन्।

स्वास्थ्यकर्मीलाई हेपियो हामी अब कुनैपनि सम्झौता गर्दैनौ डाक्टर थुन्ने प्रमुख जिल्ला अधिकारी चाहिदैन भन्दै स्वास्थ्यका कर्मचारी आन्दोलन गर्दै सडकमा उत्रिएका छन्।

प्रकाशित: १८ चैत्र २०७६ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App