१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उत्तरी ताप्लेजुङ क्षेत्रमा रहेका विदेशी पर्यटकलाई सम्पर्कमा आउन आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उत्तरी ताप्लेजुङको पर्यटकीय क्षेत्रमा रोेकिएका १४ जना विदेशी पर्यटकलाई तत्काल प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको छ। प्रशासन कार्यालयले आइतबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई उडान उद्वार गरी काठमाडौ पठाईने भएकोले सम्पर्कमा आउन आग्रह गरेको हो।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उत्तरी ताप्लेजुङको पर्यटकीय क्षेत्र घुन्सा, याङ्मा र कञ्चनजंघा आधार शिविरमा रहेका ८ जापानिज, ५ जान जर्मनी र १ जना फिलिपिन्सका नागरिक रहेको सूचना पाएपनि प्रशासनको सम्पर्कमा नआएका कारण उडान उद्वारको कार्यमा कठिनाई भएको प्रशासनले जनाएको छ। ‘उनीहरु सम्पर्कमा आउने बित्तिकै उडान उद्वार गरी काठमाडौ पठाउने प्रकृया सुरु हुने छ’प्रजिअ निरौलाले भने।

शनिबार मात्र २ जना स्विस तथा १ जना फ्रेञ्च नागरिकसहित उनीहरुका पथप्रदर्शकहरुलाई उडान उद्वार गरी ताप्लेजुङबाट काठमाडौ पठाईएको थियो। प्रशासन कार्यालयले निर्माण कार्य रोकिएर अलपत्र परेका कामदारको उद्वार गर्ने प्रयोजनका लागि काम बन्द भएको पत्र र व्यक्तिगत बिवरण प्रशासन कार्यालयमा उपलब्ध गराउन समेत विज्ञप्तीमार्फत आग्रह गरेको छ।

प्रकाशित: १६ चैत्र २०७६ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App