१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण

इनरुवा - इनरुवा नगरपालिकाले क्वारेन्टाइनमा बस्ने स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण गरेको छ। 

कोरोना भाइरसका शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) क्वारेन्टाइनमा बस्ने चार स्वास्थ्यकर्मीलाई शनिबार हस्तान्तरण गरिएकोे इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए।

प्रदेश नं। १ का प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता राजिव कोइरालाले सो परिमाणको पिपिइ स्वास्थ्यकर्मीलाई हस्तानन्तरण गरेका हुन्। रासस

प्रकाशित: १६ चैत्र २०७६ ०४:०५ आइतबार

क्वारेन्टाइन स्वास्थ्यकर्मी