५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काेराेना प्रभाव : राष्ट्रिय साहित्य सम्मेलन स्थगित

काठमाडाैँ - गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ। कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको जानकारी गराएको हो।

‘भाषा, साहित्य र संस्कृतिको उत्थान : साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले आयोजना गर्न लागेको साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगे पनि हाललाई उक्त कार्यक्रम स्थगन गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए। साहित्य सम्मेलनका लागि स्वदेश र विदेशबाट गरी २३७ वटा कविता प्राप्त भइसकेको थियो।

सम्मेलनको पूर्ण तयारी भइसकेको अवस्थामा अहिले संसारभरका मानिसलाई कोरोना भाइरसले त्रस्त बनाएको र नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय तनहुँले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी सभा–सम्मेलन आयोजना नगर्न निर्देशन जारी गरेको छ, प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सोही कारण हाललाई साहित्य सम्मेलन स्थगित भएको छ। साहित्य सम्मेलनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अनुकूल समयमा सम्मेलन आयोजना गरिने प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App