१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

'क्यारेन्टाइन' मा विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव

क्वारेन्टाइनमा राखिने भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र। तस्वीर: कृष्ण किसी

काठमाडाैं - विशेषज्ञ चिकित्सकहरुले कोरोना भाइरस संक्रमित चीनबाट नेपाल फर्काइएका नेपालीलाई क्वारेन्टाइनमा राख्दा विशेष सतर्कता अपनाउन सरकारलाई सुझाएका छन्। चीनको हुवे प्रान्तको उहानबाट शनिबार नेपाल फर्काइ भक्तपुरको खरिपाटीमा क्यारेन्टाइनमा राखिने नेपालीलाई मात्रै नभई उनीहरुसँंग सम्पर्कमा जाने सबैलाई क्यारेन्टाइन क्षेत्र कम्पाउण्डबाट बाहिरको सम्पर्कमा नजाने बन्दोवस्त मिलाउन उनीहरुले सरकारलाई सुझाएका हुन्।

उद्धार गरिएहरुका साथै क्वारेन्टाइनमा उनीहरुसँंग सम्पर्कमा रहने चिकित्सक, भान्से, सरसरफाईका कर्मचारी अनि क्यारेन्टाइन क्षेत्रको सुरक्षामा रहने सुरक्षाकर्मीहरुलगायतलाई पनि राति आआफनो घर नफर्काइ क्वारेन्टाइन क्षेत्रमै खानेवस्नेसुत्नेलगायतका बन्दोवस्त मिलाउनुपर्नेमा उनीहरुले सरकारलाई सचेत पारे। क्वारेन्टाइनमा रहेका फर्काइएकाहरुमध्ये एकजना मात्रै पनि संक्रमित भएको भए पनि त्यसले महामारीको रुप लिनसक्ने भएकोले उनीहरु कसैलाई पनि घरपरिवार समुदायको सम्पर्कमा पठाउन नहुनेमा उनीहरुले सकारको ध्यानाकर्षण गराए।

चीनमा रही हालै नेपाल फर्केका चिकित्सक डा. राजेन्द्र श्रेष्ठले नेपाल फर्काइ क्वारेन्टाइनमा रहेकाहरुमध्ये कोहीमा केही गरी भोलिका दिनमा संक्रमण देखिहालेमा त्यसबाट अन्य समुदाय प्रभावित नहोउन् भन्नका लागि विशेष सतर्कता अपनाउनुपर्ने खाँंचो औंल्याए। यसका लागि क्वारेन्टाइन क्षेत्रमा रहेको चीनबाट उद्धार गरिएकाबाहेक उनीहरुको सम्पर्कमा रहने सवैलाई राति घर फर्काउन नहुने डा श्रेष्ठले खाँंचो औल्याए। क्वारेन्टाइनको १४ दिनसम्म त्यहाँंभित्र रहेका कसैलाई पनि बाहिर आवतजावत गर्न दिन नहुने उनले बताए।

प्रतिरक्षा शक्ति बढाउन विशेष गरी भिटामिन सीयुक्त सुन्तलालगायतका फलफूल खानुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, झोल पदार्थ खानुपर्नेलगायतका खानामा पनि विशेष ध्यानदिनुपर्ने जनाइएको छ।  

त्यहाँं रहेकाहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार छुटाछुटै कोठाहरुमा राखी सतर्कता अपनाउनुपर्ने उनले बताए। उनले फर्काइएका नेपाली बाहेक उनीहरुका लागि हुने छुटाछुटै चिकित्सक, भान्से, सुरक्षाकर्मीलगायतलाई त्यही अनुसार राखेर सतर्कता अपनाउनुपर्ने बताए।

उनका अनुसार यसका अलावा दैनिक दुई पटक उनीहरुको तापक्रप नाप्नुपर्छ। यो क्रममा केही खरावी देखिए तत्काल सतर्कताका साथ उपचारको वन्दोवस्त गरिहाल्नुपर्छ। यसका साथै सकेसम्म शरीरका सवै अंग छोप्ने गरी लुगा लगाउने, माक्र्स लगाउने, चश्मा लगाउने, खोक्दा, हाछिउ गर्दा आफनै बाहुलामा पर्ने गरी मात्रै गर्ने (अन्यत्र हावामा पठाउन नहुने), खाना खानु अघि र पछि, शौचालय जानु अघि र पछि सावुन पानीले राम्ररी हात धुनुपर्नेलगायतका सामान्य विषयमा पनि विशेष ध्यान दिनुपर्ने उनले औंल्याए।

साथै उद्धार गरिएकाहरुलाई खाना पुयाउन जाँंदा उनीहरुसँंग सम्पर्कमा नगई खवर गरेर खाना ढोकामै छोडेर जाने मात्रै नभई खाना छोड्न जाँंदा लगाइएको लुगा काम सकेपछि फुकाल्नुपर्नेमा पनि उनले सचेत पारे। चीनमा विशेष सतर्कता अपनाउँंदा अपनाउँंदै पनि एक हजार पाँंच सय वढी  चिकित्कसलाई नै समस्यामा पारेको चर्चा गर्दै हामीले पनि पूर्व विशेष सतर्कता अपनाउनुपर्ने खाँंचो उनले औंल्याए।

प्रतिरक्षा शक्ति बढाउनका लागि विशेष गरी भिटामिन सीयुक्त सुन्तलालगायतका फलफूल खानुपर्ने आवश्यकता उनले औंल्याए। साथै, झोल पदार्थ खानुपर्नेलगायतका खानामा पनि विशेष ध्यानदिनुपर्ने उनले औंल्याए। उनका अनुसार यो रोग हावाबाट सर्दैन, मानिसबाट मानिसमा सम्पर्क गर्दा किताणु सरेर सर्ने हो तर पनि एकजना मानिसमा भएको किटाणु अर्काे मानिसमा नसार्ने वातावरण हुनुपर्ने उनले बताए।

आफू नेपाल फर्कदा पनि संक्रमित नदेखिएपछि एयरपोर्ट हेल्थ डेक्सबाट क्वारेन्टाइन वस्न नपर्ने सुझाब दिएको भन्दै उनले सरकार सचेत नभएकोमा दुःख व्यक्त गरे। सरकारबाट बस्नु नपर्ने जानकारी भए पनि आफू सचेत चिकित्सक नै भएकोले आफनै कोठामा गुफा वसे जस्तै क्वारेन्टाइनमा बसेको स्मरण गर्दै उनले तत्काल संक्रमण नदेखिए पनि १४ दिन पछि देखिनसक्ने मात्रै नभई यो वीचमा संक्रमण सवैमा सरिसक्ने भएकाले यसप्रति विशेष ध्यान दिनुपर्ने उनको भनाई छ।

चीनको उहानमै पीचएडीरत रही पुस २७ गते (नजवरी १२) मा नेपाल फर्केका ईन्जिनियर कृष्णभक्त दुवालले चीन सरकार विशेष सतकर्ताका साथ अगाडि वढिरहे पनि नेपाल सरकार चाहेजस्तो सतर्क रहन नसकेकोमा विशेष चिन्ता साटे। चीनमा विशेष कारणबस पसलमा जानुपर्दा पनि पसलेसँंग सम्पर्कमा नगई टाढा बसेर कारोबार भइरहेको उल्लेख गर्दै उनले यसबाट हुनसक्ने भयावहप्रति विशेष सतर्क हुनुपर्ने खाँंचो औल्याए।

क्वारेन्टाइनमा राखिने भनेको नेपाल विद्युत प्राधीकरणको तालिम केन्द्र खरिपाटी भक्तपुर ठूलो क्षेत्रमा फैलिएको छ। तालिम केन्द्रको चारैतिर सवैतिर चौघेरा छ। कोरोना भाइरस संक्रमित क्षेत्र चीनका उहानबाट एक सय ८५ नेपालीलाई शनिबार नेपाल ल्याई भक्तपुरको विद्युत तालिम केन्द्र खरिपाटीमा क्वारेन्टाइनमा राखिदै छ।

संक्रमण नभई स्वस्थ रहेका नेपालीलाई त्यहाँं नेपाल ल्याउन नेपाल सरकारले अनुमति पाइसकेको छ। प्राप्त अनुमति अनुसार नेपाल सरकारले उनीहरुलाई लिन शनिबार साँंझ ३ बजे त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट विमान उड्ने तालिका छ। विमान साँंझ पौने सात बजे उहान पुग्ने जनाइएको छ। उहान पुगेको दुई घण्टापछि काठमाडौं प्रस्थान गर्ने जनाइएको छ। यसहिसावले आइतबार विहान सवा दुई बजे उनीहरु नेपाल पुग्नेछन्। त्यसपछि उनीहरुलाई नेपालको भक्तपुर खरिपाटीमा क्वारेन्टाइनमा राखिंदै छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App