१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

धुलिखेल अस्पतालमा ८ वटा आइसोलसेन बेड

बनेपा – काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पतालले नोबल कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि ८ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ। अस्पतालले विभिन्न विभाग प्रमुखहरू रहेको एउटा समितिसमेत गठन गरेको छ। सोही समितिले बिरामीको हेरचाह र उपचारमा समन्वय गर्ने बताइएको छ।

अस्पतालमा आउने बिरामीमध्ये ओपिडीमा आउनेका लागि छुट्टै र इमर्जेन्सीका लागि छुट्टै स्क्रिनिङ क्लिनिकहरू स्थापना गरेका बताइएको छ। अस्पतालमा आएका बिरामीलाई २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको छ। अस्पतालले नोबल कोरोना भाइरस संक्रमितको स्क्रिनिङलगायत उपचारमा अपनाउनु पर्ने विधि र चिकित्सक तयारी अवस्थामा राखिएको अस्पतालका माइक्रोबायोलोजी विभागका प्रमुख डा. निराजन भुसालले जानकारी दिए।

प्रकाशित: २९ माघ २०७६ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App