२८ पुस २०८१ आइतबार
image/svg+xml
समाज

बार काउन्सिलमा महिला उम्मेदवार शून्य

काठमाडौं – नेपाल बार काउन्सिलको परिषद् सदस्यका लागि माघ २५ मा हुँदै गरेको ‘पार्षद् निर्वाचनमा महिला उम्मेदवार शून्य छ। काउन्सिलका लागि सातै प्रदेशबाट एकएकजना छनौट हुने परिषद् सदस्यमा सबै पुरुष मात्रै उम्मेदवार बनेका हुन्। परिषद् चुनावमा सात प्रदेशबाट दुईदुई गरी १४ जना पुरुष मात्रले उम्मेदवारी दिएका छन्।

चुनावमा देशभरका १६ हजारभन्दा बढी कानुन व्यवसायीले भोट दिँदैछन्। पेसामा १० वर्ष लगातार काम गरेका कानुन व्यवसायीले उम्मेदवारी दिन पाउने व्यवस्था रहेको छ। निर्वाचित हुने पार्षद्को कार्यकाल ५ वर्षको हुनेछ। महान्यायाधिवक्ता अध्यक्ष रहने बार काउन्सिलमा नेपाल बार एसोसिएसनका अध्यक्ष पदेन उपाध्यक्ष हुने व्यवस्था छ।

काउन्सिल सदस्यका लागि प्रदेश १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, बाग्मती प्रदेशबाट चन्द्रकान्त ज्ञवाली र गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन्। चुनावका लागि गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु बिसी, सुदूपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीले उम्मेदवारी दिएका हुन्।

परिषद्का अनुसार सदस्यका लागि प्रत्येक प्रदेशमा चुनाव हुनेछ। सम्बन्धित प्रदेशका वरिष्ठ अधिवक्ता, अधिवक्ताले मतदान गर्नेछन्। देशभरका २५ निर्वाचन केन्द्रबाट वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी १६ हजार बढीले मतदान गर्नेछन्। बागमती प्रदेशबाट निर्वाचित सदस्यले लागि भने कार्यकारिणी अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ। बागमती प्रदेशमा ७ हजार बढी कानुन व्यवसायीले मतदान गर्दैछन्।

प्रकाशित: २१ माघ २०७६ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App