१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

निजी मन्टेश्वरीलाई सरकारी सहयोग

दैलेख– कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विपन्न समुदायको रकमबाट वीरेन्द्रनगरको एक निजी मन्टेश्वरी विद्यालयलाई सहयोग गरेको छ। एक कार्यक्रमकाबीच उक्त विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषाक सहयोग गरेको हो।

विरेन्द्रनगरमा रहेको बालान मन्टेश्वरीमा रहेका ७० जना विद्यार्थीलाई प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सहयोग गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उक्त मन्टेश्वरीमा अध्ययन्रत विद्यार्थीहरुलाई सहयोग गरिएको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर बिकेले जानकारी दिए। ‘हामीले त्यहाँ रहेका सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकालाई सहयोग गरेका हौं।’ सचिव विकेले भने, ‘निजी मन्टेश्वरी भएपनि बालबालिकाहरु दलित तथा विपन्न समुदायका हुन्।’

मन्टेश्वरीमा पढ्ने बालबालिकाहरुले प्रतिव्यक्ति मासिक सात सय रूपैयाँ शुल्क तिरेर पढ्ने गरेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख विश्वमणी जोशीले बताए। उक्त रकम सीमान्तकृत तथा विपन्न समुदायका सरकारी विद्यालयमा बढ्ने बालबालिकाभन्दा निजी विद्यालयमा पढ्नेलाई वितरण गरिएको भन्दै आलोचना समेत भएको छ।

 

प्रकाशित: २५ पुस २०७६ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App