११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गैडहवा शैक्षिक महोत्सव सुरु

भैरहवा– गैडहवा गाउँपालिकामा दोश्रो गैडहवा शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। गाउँपालिका क्षेत्रका ४२ वटा सामुदायिक, सस्थागत र धार्मिक शैक्षिक संघसस्थामा आवद्ध विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता आईतबार देखी सूर्यपुरा बहुमुखी क्याम्पसको खेल मैदानमा हुने आयोजकले जनाएको छ।

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, दौड, कबड्डी लगायतका शारीरिक खेल हुनेछ भने साहित्य तर्फ पनि वक्तृत्वकला, निवन्ध लेखन, हिज्जे, हाजिरीजवाफ, चित्रकला, पठनशिप लगायतको प्रतियोगिता गराईने गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए। 

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल विद्यालयको शौक्षिक अवस्थाको यथार्थ र सही सूचना सबैलाई दिनु पर्ने बताए।

विद्यालय स्तरबाट नै गलत तथ्याङ र सही सूचना गयोे भने सिगो नेपालको शौक्षिक चित्र अध्यारो हुने हुँदा समग्र शिक्षा र स्वास्थ्यको विकासका लागि विद्यालय स्तरबाट नै लाग्नु पर्ने बताए।

प्रकाशित: ७ पुस २०७६ १०:५६ सोमबार

राष्ट्रपति_रनिङ_शिल्ड शैक्षिक_महोत्सव