६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हुम्लामा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)

हुम्लामा परेको हिमपात। तस्बिर सौजन्य : रत्न भण्डारी

वीरेन्द्रनगर- उत्तरी हुम्लामा बिहीबार राति बाक्लो हिमपात भएको छ। हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित बनेको छ। यहाँ चिसो अत्यधिक बढेपछि स्थानीय प्रभावित बनेक छन्। जिल्ला सदरमुकाम सिमकोटमा समेत हिउँ जम्न सुरु भएको छ। यसअघि अग्ला डाँडासम्म हिउँ जम्न सुरु भएको थियो। अहिले तीन इन्चभन्दा बढी हिउँ जमेको छ। हिमपात भएपछि तापक्रम माइनस चार डिग्री पुगेको छ।

हिमपात जिल्लाको माथिल्लो क्षेत्रमा बढी भएको छ। विशेषगरी अग्ला क्षेत्रहरू सिमकोट गाउँपालिकाको रलिङ, पंचमुखी, चाङ्ला हिमालमा बढी हिमपात भएको छ भने नाम्खा गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको छ। हिमपातपछि हिमालपारीको लिमी र चाला गाउँमा आवतजावत कठिन भएको छ।

 

 

हुम्लामा परेको हिमपात। तस्बिर सौजन्य : रत्न भण्डारी
हुम्लामा परेको हिमपात। तस्बिर सौजन्य : रत्न भण्डारी
हुम्लामा परेको हिमपात। तस्बिर सौजन्य : रत्न भण्डारी
हुम्लामा परेको हिमपात। तस्बिर सौजन्य : रत्न भण्डारी
हुम्लामा परेको हिमपात। तस्बिर सौजन्य : रत्न भण्डारी
हुम्लामा परेको हिमपात। तस्बिर सौजन्य : रत्न भण्डारी
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App