१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

त्रिपुरासुन्दरी मेलाको दिन सार्वजनिक बिदा

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले कार्तिक २० गते बुधबारका दिन सार्वजनिक बिदा दिएको छ। दशरथचन्द नगरपालिका–८, मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेलाको अवसर पारी स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।

त्रिपुरासुन्दरीमा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए। मेलालाई व्यवस्थित रुपमा मनाउन र त्रिपुरासुन्दरी भगवती मन्दिरको प्रचारप्रसार गरी नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्न सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख थापाले बताए।

सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा मंगलबारदेखि नै मेला (जात्रा) सुरु भएको छ। दुई दिनसम्म लाग्ने मेलामा भगवतीको दर्शन गरेमा मनोकामना पूरा हुने, दुष्टको मानमर्दन हुने र भक्तजनको कल्याण हुने विश्वास गरिन्छ।

जात्रालाई व्यवस्थित र मर्यादित बनाउन जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका–८ का वडाध्यक्ष सुरेशसिंह थापाले बताए। कात्तिक जातको रूपमा मानिने उक्त जात्रा हेर्न बैतडी लगायत सीमा पारी भारतबाटसमेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन्। परम्परादेखि लाग्दै आएको यस मेलाको छुटृै महत्व छ। शक्तिशाली भगवतीलाई असार महिनामा असाढी जात, साउन अथवा भदौमा रक्षाबन्धनका दिन वोगाल जात, कात्तिक शुक्ल नवमीका दिन कात्तिक जात मनाइन्छ।

असोज र चैत्रको नवरात्रिमा परेवादेखि दशमीसम्म नियमित पूजा हुन्छ। कात्तिकको जातका अवसरमा राँगा र बोकाको बलि दिइन्छ।

प्रकाशित: १९ कार्तिक २०७६ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App