१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

धादिङ– पौडी खेल्ने क्रममा बेपत्ता भएका रुविभ्याली गाउँपालिका वडा नं ६ कुपचेतका १७ वर्षीय सीताराम तामाङको शव फेला पारेको छ।

गत असोज ३० गते वडा नं ६ कै भुम्ला खोलामा साथीहरुसँगै पौडी खेल्न गएका थिए। पौडी खेल्दै दहमा पुगेका उनी बेपत्ता भएका थिए। बेपत्ता भएपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए।

नेपाली सेनाको बिपद ब्यबस्थापन कुरिनटार चितवनको टोलीले खोजी शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित: २ कार्तिक २०७६ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App