२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

'चङ्गा चेट' कार्यक्रममा प्रदेश प्रमुख कोइरालाले भनिन् – चेलेबेटी बेचबिखन रोक्नुपर्छ

काठमाडौं  – नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएको चंगाचेट कार्यक्रममा प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सबै बालबालिकाले शिक्षा पाउनुपर्ने र चेलेबेटी बेचबिखन
रोक्नुपर्ने बताइन्। उनले बालबालिकालाई मायाको भावले हेर्नुपर्ने पनि बताइन्।

सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्नेक्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेकोले यसलाई समयमै रोक्नुपर्ने कोइरालाले बताइन्।

उनले भनिन्‘केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरूमात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला ४/५ वर्षयता शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन्। जसको नियन्त्रणका लागि समयमै ध्यान दिनुपर्छ।’

कार्यक्रममानेपाल रिपब्लिक मिडिया र क्लब हिमालयबीच मैत्रीपूर्ण खेलसमेत भयो। मैत्रीपूर्ण खेलमा क्लब हिमालय विजयी भयो। दसैं र तिहारका अवसरमा आयोजित चंगाचेट कार्यक्रममा  १४ टोलीको सहभागिता रहेको प्रतियोगिता
पनि भयो ।

उक्त प्रतियोगितामा क्यान्सर केयर नेपाल रिसर्चले पहिलो स्थान हासिल गरेको छ भने सन एन्ड फन होलिडेले दोस्रो र खेम्पेलुङ एडभेन्चर्सले तेस्रो स्थान प्राप्त गरेका छन्। प्रतियोगितामा पहिलो हुनेलाई नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली र दोस्रो हुनेलाई क्लब हिमालयकी प्रमिता शाक्य श्रेष्ठले पुरस्कार प्रदान गरे।

त्यस्तै नेपाल रिपब्लिक मिडियाकी सिइओ समृद्धि ज्ञवालीले नेपाली सबै मिलेर आफ्नो संस्कृति जगेर्ना गर्नतर्फ लाग्नुपर्ने बताइन्। उनले भनिन्, ‘नेपाल रिपब्लिक मिडियाले हरेक वर्ष नागरिक नायकका रूपमा घोषणा गरी समाजका प्रतिष्ठित व्यक्तिहरूलाइ सम्मान गर्दै आएको छ।’

नेपाली कांग्रेसका पूर्वसांसदसमेत रहेका खतिवडाले संस्कारलाई संस्कृतिका रूपमा विकास गर्दै लैजानुपर्ने बताए। विवेकशीलकी नेत्री दर्शनाले समाजका विभिन्न आयाममाथि कुरा गर्नुपर्ने बताइन्। क्लब हिमालयका सञ्चालक योगेन्द्र शाक्यले संस्कृति जगेर्ना गर्न यस्ता कार्यक्रमको अवश्यकता रहेको बताए। कलाकार अस्मिना रन्जितले पनि आफ्नो धारणा राखेकी थिइन्।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले चंगाचेट प्रतियोगिताले दसैंको सुरुवात र परम्परागत अभ्यासको झल्को दिएको विचार व्यक्त गरे। त्यसैगरी रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले स्वागत मन्तव्य राख्दै कार्यक्रमबारे प्रकाश पारेका थिए।

प्रमुख अतिथि कोइरालालगायतले चंगा उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। चंगाचेट प्रतियोगितामा प्रथम हुने दुईजनालाई थाइल्यान्ड भ्रमणको व्यवस्था गरिएको छ। दोस्रो हुनेलाई माउन्ट ग्लोरी रिसोर्टमा प्याकेजको व्यवस्था गरिएको छ। तेस्रो हुनेलाई पोखरा रिट्रिटमा प्याकेज व्यवस्था गरिएको छ।

प्रकाशित: १२ आश्विन २०७६ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App