५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

डेंगी परीक्षण गर्न तीन सय ३१ कीट

हेटौँडा- हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेंगीका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ।     

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेंगी परीक्षण गर्ने कीट हस्तान्तरण गरे। उपमहानगरले ३ सय ३१ वटा डेंगी परीक्षण गर्ने कीट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसिएन राजकुमार इटेनीलाई डेंगी परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको हो।

नगरवासीले तिरेको करले उपमहानगरपालिका चलेकाले नगरवासी बिरामी पर्दा सहयोग गर्नेगरी सहयोग गरिएको प्रमुख महतले बताए।     

जिल्ला स्वास्थ्य कार्यालय, हेटौँडा अस्पताल पनि प्रदेश सरकार मातहत भए पनि आफूहरुले नगरवासीको हितका लागि डेंगी कीट सहयोग गरिएको प्रमुख महतले बताए।रासस   
 

प्रकाशित: २८ भाद्र २०७६ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App