१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दाङमा डुबेर तीन जनाको मृत्यु

दाङ– दाङमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। शुुक्रवार राती दुईजना र शनिवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर ७ राजपुरमा शनिवार कुलोमा डुब्दा एक बालिकाको मृत्यु भएको छ। घर नजिकै रहेको कुलोमा डुब्दा राजपुर ७ की १ बर्षिया प्रतिष्ठा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। कुलोमा डुबेर अचेत अवस्थामा रहेकी बालिकालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याईएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी तुलसीपुरमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। तुलसीपुर ८ स्थित गहते खोलामा माछा मार्ने क्रममा सल्यान कपुरकोटका २० बर्षिय अर्जुन बुढा र ओखलढुंगा घर भई सल्यानमा बस्दै आएका २६ बर्षिय मिलन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु दुबै जनाले तुलसीपुर ७ कटकुईयाँ भन्ने स्थानमा सामुहिक रुपमा बंगुर पालन व्यवसाय चलाउँदै आएका थिए। 

प्रकाशित: २१ भाद्र २०७६ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App