६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंका ६ ठाउँमा हुँदैछ ‘ओभरहेड ब्रिज’ निर्माण

सांकेतिक तस्बिर

काठमाडौं– सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ। सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गरेका हुन्।

ब्रिज निर्माणका लागि आवश्यक डिजाईनको काम सुरु भईसकेको मन्त्री महासेठले बताए। मन्त्री महासेठले चालू आर्थिक वर्ष भित्र काठमाडौंको सडकमा स्मार्ट लाईट व्यवस्थापन गर्ने योजना पनि अघि सारेको उनले बताए। उनले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको पनि बताए।

मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्ष भित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दावी पनि गरे। उनले मुलुकमा रेल सेवा संचालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताए।

 

प्रकाशित: २७ श्रावण २०७६ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App