१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मलद्वार नभएको बच्चा जन्मियो, सहयोगका लागि अपिल

रौतहट– मलद्वारनै नभएको बच्चा जन्मिएको छ। रौतहटको गढीमाई नगरपालिका–२, समनपुरकी सुनितादेवी पासवानले गयराति साढे ११ बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सो बच्चालाई जन्म दिएकी हुन्।

बच्चा स्वस्थ्य भएकाले बिहान परिवारले घरमा ल्याएका थिए। बिहान ११ बजेतिर एक्कासि बच्चा छट्पटिएर रुन थालेपछि परिवारले दिसा गर्नका लागि रोएको होला भन्ठाने। हेर्दा मलद्वार नै नभएको पाएपछि उनीहरुले प्राथमिक स्वास्थ्य केन्द्र पु-याए।

बच्चाको अप्रेशन गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। तर, अतिविपन्न परिवार भएकाले पासवान दम्पतीले उपचार खर्च जुटाउन सकेका छैनन्।

उनीहरुले बच्चाको ज्यान जोगाइदिन सबैमा सहयोगको अपिलसमेत गरेका छन्। बच्चा निरन्तर रोइरहेकाले स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App