राजनीति
समाज
बाढी र पहिरोबाट मर्नेकाे संख्या ३२ पुग्यो, ८३१ जनाको उद्दार
काठमाडौं– दुई दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
मृत्यु हुनेमा ललितपुरमा ५ जना, काठमाडौं, खोटाङ, भोजपुर, काभ्रे र मकवानपुरमा ३/३ जना, सिन्धुली र धादिङमा २/२ जना तथा इलाम, झापा, ओखलढुंगा, सुनसरी, बारा, पर्सा, रामेछाप र चितवनमा १/१ जना रहेका छन्।
त्यस्तै, बाढी पहिरोबाट फसेका तथा घाइते भएका ८३१ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। प्रहरीको तथ्यांकअनुसार १२ जना घाइतेको उपचार भइरहेको छ भने १७ जना वेपत्ता छन्।
अविरल वर्षा तथा बाढी तथा पहिराेबाट प्रभावित उद्दारका लागि २७ हजार ८ सय ३० प्रहरी, १६ हजार सशस्त्र प्रहरी कर्मचारी खटिएका छन्।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%