१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ट्रकले म्याजिकलाई ठक्कर दिँदा तीनको मृत्यु, ७ घाइते

लहान– पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका ११, पडरियामा सोमबार दिउँसो ट्रकले म्याजिक भ्यानलाई पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ। म्याजिकमा सवार सात जना घाइते भएका छन्। 

मृत्यु हुनेमा गोलबजार नगरपालिका, पुनानो चोहर्वाका ३५ वर्षिय गणपति  महरा, वरियारपट्टि गाउँपालिकाकी ६० वर्षिया बचियादेबी राम र धनगढिमाइ नगरपालिका ९ मिसहर्नियाकी ४५ वर्षिया बुनुमाया लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई मनोज कुमार चौधरीले जानकारी दिए।

लहानबाट यात्रु बोकेर पश्चिमतर्फ गइरहेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई सोही दिशातर्फ गइरहेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको सई चौधरीले बताए। ‘दुर्टनामा परि म्याजिक भ्यानमा सवार दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको छ’, चौधरीले भने। 

घाइतेहरुको राउ स्मारक अस्पताल लहान र सेराज पोलिक्लिनिकमा उपचार भैरहेको सई चौधरीले बताए। घाइतेमध्ये धनगढीमाइ ९ का ५० वर्षिय रामसेवक राम र दुई वर्षे बालक राजु रामलाई थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान रेफर गरिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App