६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

महोत्तरी– ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

पिपरा गाउँपालिका ४ स्थित इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीलाई चेकजाँचको क्रममा घुस दिन खोज्ने महोत्तरी गाउँपालिका २ बस्ने २५ वर्षीय रितेश पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले बताएको छ। 

डिएसपी बुढाथोकीका अनुसार जलेश्वर बाट पिपरा तर्फ आउँदै गरेको ज६प ४१८९ नम्वरको मोटरसाइकल चालक पाण्डेय ट्राफिक प्रहरीको चेकिङ्गमा परेपछि उनले रु एक हजार घुस दिन खोज्दा पक्राउ गरिएको हो। 

पक्राउ परेका पाण्डेलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०७६ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App