४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

कृषि क्षेत्रमा बजेट कम भएको कृषिमन्त्रीकाे भनाइ

काठमाडाैं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको पनि स्पष्ट पारे। आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको गुनासो गरे।

मन्त्री खनालले सरकारले आगामी २ वर्षभित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दाबी गरेका छन्।

प्रकाशित: २६ जेष्ठ २०७६ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App