१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

न्यायाधीश ढकालको नियुक्तिको निर्णय झिकाउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले सेवाग्राहीसँग घुस लिएको आरोप लागेका उच्च अदालतका न्यायाधीश लेखनाथ ढकाललाई नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको छ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले सेवाग्राहीबाट रु १८ लाख घुस लिएको आरोप लागेका न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने न्याय परिषद्को निर्णय झिकाउन आदेश जारी गरेको हो।  

आदेशमा परिषद्ले विवादमा रहेका न्यायाधीश ढकाललाई उच्च अदालतमा नियुक्ति गर्नाका आधार र कारण खुलाउन भनेको छ। परिषद्को यही जेठ १४ गते बसेको बैठकले तत्कालीन जिल्ला न्यायाधीश ढकाललाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णय गरेको थियो। ढकाल जिल्ला न्यायाधीश हुँदादेखि नै सेवाग्रहीबाट घुस लिएको उजुरी न्याय परिषद्मा परेको थियो। तर घुस लिएको भन्ने प्रमाणित भने भएको छैन।

काभ्रेपलाञ्चोक जिल्लाका उमेश बानियाँले आफूबाट घुस लिएको उल्लेख गर्दै न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि, सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ गरेपछि बानियाँ इजलासमा निवेदन दिएर न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो। रासस

प्रकाशित: १७ जेष्ठ २०७६ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App